२८ फाल्गुन २०८१, बुधबार

एनआरएनए अमेरिकाले कविता प्रतियोगिता आयोजना गर्ने

कोलोराडोखबर संवाददाता , March 6th, 2025

अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका नेपाली भाषा साहित्य समितिले कविता प्रतियोगिता गर्ने भएको छ ।

के म नेपाली हैन र ? शीर्षकमा कविता प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई ६००, दोस्रो हुनेलाई ४००, तेस्रो हुनेलाई ३०० डलर र अरु उत्कृष्ट ३ जनालाई १०० डलरका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ ।

उक्त प्रतियोगितामा विश्वभरका नेपालीभाषी कविहरुले सहभागिता जनाउन सक्नेछन् । कविता बढीमा २०० शब्दको हुनु पर्नेछ ।

सहभागिता जनाउन इच्छुकहरुले यही चैत १८ गतेसम्म कविता पठाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्