नेपाल । सरकार र आन्दोलनरत ग्यास उद्योगीबिच पाँचबुँदे सहमति भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट, नेपाल एलपी ग्यास उद्योग संघीयका पदाधिकारीबिच प्रतिसिलिन्डरमा १२ रुपियाँ ७५ पैसा कमिसन बढाउने सहमति भएको हो । कमिसन वृद्धि गर्ने सहमति भएसँगै ग्यास उद्योगीको आन्दोलन स्थगित भएको छ ।
उद्योगीको कमिसन बढाएको मूल्यबाट उपभोक्तालाई भार नपर्ने नेपाल आयल निगमले जनाएको छ ।
उद्योगीले चाहिँ लामो समयदेखि ग्यासमा कमिसन वृद्धि नहुँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै प्रतिसिलिन्डर ५० रुपियाँ बढाउन माग गरेका थिए । संघले ओभरहेड र नाफा रकम वृद्धिलगायतका १९ बुँदे माग राखेर गत आइतबारदेखि भारतबाट ग्यास ल्याउने खरिद आदेश (पिडियो) बन्द गरेर आन्दोलन गरेको थियो ।
उद्योगीले घोषणा गरेका आन्दोलनले बजारमा उपभोक्ताले सहज रूपबाट ग्यास पाउन सकेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्