रौतहट । भारतको तमिलनाडु प्रान्तस्थित कोयम्बतुर जिल्लामा रहेको एक विश्वविद्यालयका विद्यार्थीहरु अध्ययन गरेको विषयलाई व्यवहारमा उतार्ने काम गरिरहेका छन् ।
कोयम्बतुरको अरासामपाल्यममा रहेको अमृता विश्व विद्यापिठम् (विश्वविद्यालय) को अमृता स्कुल अफ एग्रिकल्चरल साइन्सेजको बिएससी (एजी, आनर्स) को चौथो वर्षका विद्यार्थीहरु कलेजको रुरल एग्रिकल्चरल वर्किङ एक्सपिरियन्स कार्यक्रम अन्तर्गत कलेजका विद्यार्थीहरु गाउँसम्म पुगेर स्थानीय कृषिसित सम्बन्धित कुराहरु व्यवहारमा सिकिरहेका छन् ।
विद्यार्थीहरु दुई महिनासम्म गाउँमा पुगेर कृषकहरुसित तिनीहरुको खेतीपातीबारे समस्याहरुको अध्ययन गर्ने, समस्याको समाधानको विभिन्न तरिकाहरु खोज्नेबारे व्यावहारिक छलफल गरिरहेका छन् ।
चौथो वर्षमा अध्ययनरत ११८ जना छात्रछात्रालाई कलेजले ८ समूहमा विभाजन गरेको छ । हरेक समूहमा १२ देखि १५ जना छात्रछात्रा रहेका छन् । छात्रछात्राको समूहलाई विभिन्न गाउँमा कृषिको व्यावहारिक अध्ययनको लागि कलेजले पठाएको हो ।
यसैक्रममा १५ जना सम्मिलित विद्यार्थीहरुको एक समूहलाई कोयम्बतुर जिल्लाकै माइलेरीपालयम पंचायतमा कलेजले पठाएको हो ।
कलेजका एसोसिएट डिन डा. सुधीश मनालील, रावे कोअर्डिनेटर डा. शिवराज पी. र डा. इ. सत्यप्रिया रहेका छन् भने डा. वी. मारथानडन, डा. जी. बूपति र डा. वी. वानिताको अभिभावकत्वमा कलेजका विद्यार्थीहरु पार्टिसिपेटरी रुरल एप्राइजल कार्यक्रममा सहभागी भइरहेको छन् । यसमा “सोसियल म्यापिङ, सिजनल क्यालेन्डर, प्रोब्लम ट्री” विधिहरु अपनाइएको चौथो वर्षमा अध्ययनरत रौतहटकी सृष्टि गुप्ताले जानकारी गराएकी छन् ।
प्रतिक्रिया दिनुहोस्