नेपाल । राष्ट्र बैंकले विहीबार प्रकाशित गरेको आर्थिक अवस्था सम्बन्धी प्रतिवेन अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा रेमिट्यान्स ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ भित्रिएको छ ।
गत वर्षको समीक्षा अवधिभन्दा रेमिट्यान्स २७.६ प्रतिशतले बढेको हो ।
त्यस्तै विदेशी मुद्रा सञ्चिति पनि बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० मंसिर मसान्तमा बढेर १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्