६ बैशाख २०८२, शनिबार

गजलः म के भन्दैछु प्यारी सुन्यौं तिमिले

कोलोराडोखबर संवाददाता , March 2nd, 2025

–तुलसी घिमिरे–
म के भन्दैछु प्यारी सुन्यौं तिमिले
कस्तो खराब बाटो चुन्यौ तिमिले ।

थिए कालाआँखा गहमा लुकेको
किन कारागारमा थुन्यौ तिमिले ।

बोलचाल नहुदा पनि लाग्छ पीर
कति धेरै जाल बुन्यौ तिमिले ।

सुम्पेर यो ज्यान दिएको हुँ मैले
नौनी जस्तो मनलाई उन्यौ तिमिले ।

राखेर मनलाई मन अर्को माथी
एउटै बनायौ अनि तुन्यौ तिमिले ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्