नेपाल । गत मंगलबार पक्राउ गरेका रामबहादुर बम्जनलाई अनुयायीलाई यौन हिंसा गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
जिल्ला अदालत सर्लाहीले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सीआईबीले उनलाई मंगलबार साँझ बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बिहीबार उनलाई सर्लाही जिल्ला अदालतमा पेश गरिएको थियो ।
आफुलाई लिटिल बुद्ध दाबी गर्ने उनलाई हत्या, बलात्कार, अपहरणजस्ता विभिन्न आरोपमा प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो ।
पैसाको थुप्रोसँगै फेला परे रामबहादुर बम्जन, हत्या, अपहरण र बलात्कारजस्ता आरोप
प्रतिक्रिया दिनुहोस्