७ बैशाख २०८२, आईतवार

बुढ्यौली साहित्य समाज सप्तरीको अधिवेशनबाट नयाँ कार्यसमिति चयन

कोलोराडोखबर संवाददाता , February 28th, 2025

नेपाल । बुढ्यौली साहित्य समाज सप्तरीको फागुन १५ गते राखिएको भेलाले नयाँ कार्य समिति चयन गरेको छ ।

कवि मेघराज पौड्यालको अध्यक्षतामा बनेको समितिमा उपाध्यक्ष, सचिव, सहसचिव तथा कोषाध्यक्षमा क्रमशः मीना साह, मनोहर पोखरेल, शिवा अधिकारी तथा दुर्गा दाहाल रहेका छन् । यसै गरी सदस्यहरूमा गणेशबहादुर बस्नेत तथा रामकुमार चौधरी छनोट गरिएका छन् ।

सो कार्यक्रममा नन्दलाल आचार्य, राजकुमार लामिछाने, मीना साह, मेघराज पौड्याल, दुर्गा दहाललगायतले आआफ्ना रचना वाचन गरेका थिए । यसैगरी फणीन्द्र श्रेष्ठ, विश्वनाथ न्यौपाने, नागेन्द्र श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

डेफोडिल इङ्लिस स्कुल कञ्चनपुरमा भएको सो कार्यक्रममा यात्रा संस्मरणकार रमेशमोहन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो भने तीर्थ पोखरेलको सभाध्यक्षता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्