नेपाल । घरेलु मैदानमा भएको फोर नेसन्स इन्टरनेशनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित हुन पुगेको छ ।
बुधबार भएको खेलमा नेपाल म्यानमारसँग २-० गोलले पराजित हुन पुगेको हो ।
म्यानमारका लागि यु पर खाङ र विङ तेइन्जी तुनले एकएक गोल गरे । खाङले ६२औं र तुनले ६५औं मिनेटमा गोर गरेका थिए । त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा नेपाल फेरि उपविजेतामा सीमित हुन पुग्यो ।
प्रतिक्रिया दिनुहोस्