नेपाल । बुढ्यौली साहित्य समाज सिराहाको आयोजनामा बन्दीपुरमा फागुन १४ गते एकै दिन दुई समयमा दुइटा कार्यक्रमहरू सम्पन्न भएका छन् ।
बिहान विद्यालय तहका विद्यार्थीहरूका लागि यात्रा संस्मरणलेखन कार्यशाला भएको थियो भने दिउँसो रचना वाचन कार्यक्रम भएको थियो । यात्रा संस्मरणको सहजीकरण यात्रा संस्मरणकार रमेशमोहन अधिकारीले गर्नुभएको थियो ।
दिउँसोको कार्यक्रम बुसास सिराहाका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षतामा भएको थियो भने प्रमुख आतिथ्य कर्जन्हा नगरप्रमुख भोला पोखरेलको रहेको थियो ।
यात्रा संस्मरणतर्फ उत्कृष्ट स्थान सगुन काफ्लेले प्राप्त गरेकी थिइन् भने कवितातर्फ प्रेषिका खतिवडा, सगुन काफ्ले तथा मानवी अधिकारीले प्राप्त गरेका थिए ।
कार्यक्रममा रचना वाचन गर्ने प्रौढहरूमा रामचन्द्र पौडेल, प्रेम घिमिरे, नारद काफ्ले, जमुनाप्रसाद पन्जियार, देवी घिमिरेलगायत थिए ।
सचिव प्रचण्ड कटुवालले उद्घोषण गरेको सो कार्यक्रममा रमेशमोहन अधिकारी, रामरिझन यादव, राजकुमार लामिछाने, सुशीला राई, गोविन्दराज विष्ट, भरत साह, जगमोहन साह आदिले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम पिभिएम आवासीय माध्यमिक विद्यालय बन्दीपुरमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्