३० चैत्र २०८१, शनिबार

आइसीसी च्याम्पियन्स ट्रफीमा न्यूजिल्याण्डद्वारा बंगलादेश ५ विकेटले पराजित

कोलोराडोखबर संवाददाता , February 25th, 2025

नेपाल । आइसीसी च्याम्पियन्स ट्रफीमा न्यूजिल्याण्डले बंगलादेशलाई ५ विकेटले पराजित गरेको छ ।

बंगलादेशले दिएको २३७ रनको लक्ष्य पछाएको न्यूजिल्याण्डले ४६ दशमलव १ ओभरमा ५ विकेट ग्माउदै लक्ष्य पूरा गरेको थियो ।

यसअघि बंगलादेशले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २३५ रन बनाएको थियो ।

यो जितपछि समुह ए बाट न्यूजिल्याण्ड २ खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुगेको छ भने आफ्ना दुवै खेल जितेको भारत पनि सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै समुह ए बाट पाकिस्तान र बंगलादेश बाहिरिएका छन् । अब समुह ए अन्तर्गत भारत र न्यूजिल्याण्ड तथा पाकिस्तान र बंगलादेशले अ९आफ्नो अन्तिम खेल खेल्ने छन् ।

प्रतियोगिता अन्तगत मंगलबार अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्