कोलोराडो । शेर्पा संघ कोलोराडोले यही मार्च १ तारिख शनिबारका दिन ग्याल्बो ल्होछार पर्व भव्यताका साथ मनाउने भएको छ ।
उक्त कार्यक्रम 3975 28th st, Boulder, CO. 80301 मा दिउँसो १ बजेदेखि राति १० बजेसम्म आयोजना गरिएको संघका महासचिव निर्मा शेर्पाले बताउनु भयो ।
ल्होछार पर्वलाई शेर्पा समुदायले परम्परागत नयाँ वर्षको रुपमा मनाउने गरेका छन् ।
उक्त कार्यक्रममा कोलोराडो क्षेत्रका सम्पूर्ण संघसंस्थाका पदाधिकारी, सदस्यहरु, कोलोराडो निवासी सम्पूर्ण व्यक्तित्वहरु, समाजसेवी र गन्यमान्यहरुलाई आमन्त्रण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्