३० चैत्र २०८१, शनिबार

केपी ओली कप फुटबल सुरु हुँदै, विजेताले १५ लाख पाउने

कोलोराडोखबर संवाददाता , February 23rd, 2025

नेपाल । तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।

प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी हुने छ । प्रतियोगितामा दुई विदेशीसहित टोलीले सहभागिता रहनेछ ।

प्रतियोगितामा पछिल्लो दुई संस्करणको च्याम्पियन मच्छिन्द्र फुटबल क्लब, एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्युरोड टिम एनआरटी, संकटा, भुटानको ट्रास्पोर्ट युनाइटेड, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र आयोजकको टोलीले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको क्वार्टरफाइनल सम्मका खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फामुख्यालय मैदान तथा सेमिफाइल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।

विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा इटालीका विश्व चर्चित फुटबल खेलाडी जियानलुजी बुफनकोको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्