-आर. आर. चौलागाईं-
कहाँ हिँडेका थियौँ हामी आज कहाँ पुग्यौँ ?
गन्तव्य नआउँदै हामी कता अलमलियौँ ?
कोही रमितामा अल्झियौँ कोही झगडामा फँस्यौँ
कोही थकाइ मारेर बस्यौँ कोही चक्रव्यूहमा पर्यौँ
हामीले बाटो पनि फेर्यौँ हामीले सङ्गत पनि फेर्यौँ
गन्तव्य नआउँदै हामी कता अलमलियौँ ?
गाउँमा अझै अँध्यारो छ शहर अझै भड्किलो छ
आमा अझै हाँसेकी छैनन् आँखामा अझै आँसु छ
हामीले वाचा पनि फेर्यौँ हामीले ढाँचा पनि फेर्यौँ
गन्तव्य नआउँदै हामी कता अलमलियौँ ?
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्