–सुदीपभद्र खनाल–
भन्छन् दिनेले पनि दिन्न खायौ
भन्छन् लिनेले पनि टन्न खायौ
जन्म्यौ कि खानै सरि छन् तमाशा
उठ्लान् सुतेका अनि हुन्छ खासा
पड्काउने चप्पल शुभ्र त्यागी
भड्काउने बन्दुक उग्र बागी
सबै मिले खान लिएर बासा
बुझ्लान् युवाले अनि हुन्छ खासा
उखानले देश कहाँ बन्यो खै
खै वैरले को बलियो बन्यो खै
कहाँ उठ्यो देश बनेर ‘दासा’
साँच्चै लघार्लान् अनि हुन्छ खासा
के पिट्दछौ शक्ति लिएर डङ्का
भन्छन् युवा देश हुँदैछ लंका
लंका बनोस् या सरि बंगलाका
उठ्लान् युवा ती अनि हुन्छ खासा
हिमालझैँ माथ उचो गरेर
पूर्खा मरे नित्य बरू लडेर
मिलेर आफू अब फेर भाका
खेद्लान् नफेरे अनि हुन्छ खासा ।
–अमेरिका ।
प्रतिक्रिया दिनुहोस्