११ आश्विन २०८१, शुक्रबार

समलिङ्गी एटल फ्रान्सको प्रधानमन्त्रीमा नियुक्त

कोलोराडोखबर संवाददाता , January 10th, 2024

एजेन्सीहरु । फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षीय ग्याब्रियल एटललाई नियुक्त भएका छन् ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले ६२ वर्षीया एलिजाबेथ बोर्नको राजीनामा स्वीकार गर्दै एटललाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । यसअघि शिक्षामन्त्री रहेका उनी प्रधानमन्त्री सम्हाल्न पाउने पहिलो समलिङ्गी व्यक्ति पनि हुन् ।

३४ वर्षीय एटलले कम उमेरमा प्रधानमन्त्री भएका यसअघिको रेकर्ड तोडेका छन् । फ्रान्समा यसअघि सन् १९८४ मा ३७ वर्षको उमेरमा लरेन्ट ​फाबियस प्रधानमन्त्री नियुक्त भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्