६ बैशाख २०८२, शनिबार

आयात र निर्यात दुवै बढ्दा ११ खर्ब १५ अर्बको वैदेशिक व्यापार

कोलोराडोखबर संवाददाता , February 21st, 2025

नेपाल । चालु आर्थिक वर्ष २०८१–८२ को सात महिनामा निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत सोही अवधिको तुलनामा निर्यात ४६.५० प्रतिशतले बढेर एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा ८६ अर्ब ८३ करोड नौ लाख रुपियाँको भएको थियो ।

सात महिनामा आयात भने १० प्रतिशतले बढेर नौ अर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा आठ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपियाँको आयात भएको थियो ।

आयात र निर्यात दुवै बढ्दा कुल वैदेशिक व्यापारसमेत १३.३० प्रतिशतले बढेर ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख रुपियाँ पुगेको छ । निर्यातमा सुधार आए पनि आयात उच्च हुँदा व्यापार घाटासमेत ६.२० प्रतिशतले बढेर आठ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपियाँ पुगेको विभागको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्