अमेरिका । युरोपियन च्याम्पियन्स लिगको प्लेअफमा रियल मड्रिडसँग ३–१ ले पराजित हुँदा म्यानचेष्टर सिटी प्रतियोगिताबाट बाहिरिएको छ ।
रियाललाई जिताउन फ्रान्सेली स्ट्राइकर केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । खेलभर रियाल हाबी भएपछि पेप ग्वार्डिओलाको सिटी दबाबमा रह्यो ।
सन् २०१२ र २०१३ को सिजनपछि सिटीको च्याम्पियन्स लिगमा खराब प्रदर्शन गरेको हो । सिटी त्यसताका पनि समूह चरणबाटै बाहिरिएको थियो ।
समग्रमा सिटी दुई लेगमा ६–३ ले पराजित भयो । पहिलो लेग घरेलु मैदानमा हुँदा पनि सिटी ३–२ ले पराजित भएको हो ।
अब, रियालले अन्तिम १६ मा स्पेनकै एट्लेटिको मड्रिड वा जर्मनको बायर लेभरकुसेनविरुद्ध खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्