नेपाल । फोर नेशन्स कप अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानविरुद्ध १–० को जित निकालेको हो । खेलको १०औँ मिनेटमा सबिता राना मगरको पासमा विमला चौधरीले गोल गरिन्।
किर्गिस्तानलाई निकै दबाबमा राखेको नेपालले पाएको दर्जनभन्दा बढी असरलाई गोलमा परिणत गर्न सकेन् ।
प्रतिक्रिया दिनुहोस्