३० चैत्र २०८१, शनिबार

SSWSC ले १३ जना एथलीटहरूलाई यू-१८ राष्ट्रिय च्याम्पियनसिपमा पठाउने

कोलोराडोखबर संवाददाता , February 17th, 2025

कोलोराडो । फेब्रुअरी २५ देखि मार्च ३ सम्म हुने यू–१८ राष्ट्रिय अल्पाइन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुको छनौट भएको छ । स्टीमबोट स्पिङ विन्टर क्लबले एस्पेन, कोलोराडोमा गर्न लागेको उक्त प्रतियोगिताको लागि खेलाडीहरु छनौट गरेको हो ।

राष्ट्रिय अल्पाइन च्याम्पियनसिपमा प्रतिस्पर्धामा छानिएका प्रतिष्पर्धीहरुमा क्याथरिना कोस्बी, लोगान ग्रोसडिडियर, रेवानी श्रेष्ठ, क्याली गोफर्थ, बेला फिशर, एबी ओल्सन, हेजल फर्नले, ओवेन विदर, विलेम ब्राडफोर्ड, म्याथ्यू काफ्का, एड्रियन ब्यूरेगार्ड, क्यामन ब्यूरेगार्ड र निकोलस ब्रैडफोर्ड रहेको आयोजक संस्थाकी रेवानी श्रेष्ठले बताइन् ।

स्टीमबोट स्प्रिङ्स कोलोराडो निवासी रेवानी श्रेष्ठ त्यहाँ नै प्रशिक्षण सञ्चालन गर्छिन् । उनी एक अनुभवी अल्पाइन स्की प्रशिक्षक रोहित श्रेष्ठकी छोरी हुन्, जसले सगरमाथा आरोहण गरिसकेका छन् । सानो सहर भए पनि स्टीमबोट स्प्रिङ्सले उत्कृष्ट खेलाडीहरू उत्पादन गरिरहेको छ, जसमा रेवानी पनि एक महत्वपूर्ण प्रतिभा हुन् ।

जनवरी २० मा भेल माउन्टेनमा दुई सुपर–जी रेस र जनवरी १८ र १९ मा भेल माउन्टेनमा दुईवटा विशाल स्लालम दौड र फेब्रुअरी ७ र ८ मा मिनेसोटाको लुत्सेन माउन्टेन्स रिसोर्टमा तीनवटा स्लालम दौडहरू सहित क्वालिफायरहरू जनवरीमा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्