नेपाल । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशमा सोमबार उम्मेदवारी दर्ता भएको छ ।
रिक्त रहेको १९ पदमा ५२ जनाको उम्मेदवारी परेको हो । कोशी प्रदेशबाट यसअघि प्रत्यक्ष निर्वाचनमा पराजीत कृष्ण सिटौला पनि उम्मेदवार भएका छन् ।
सत्ता गठबन्धन दलले सिट बाँडफाँट गरी उम्मेदवार उठाएका छन् भने प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित दलले पनि छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।
उम्मेदवार चयनको विषयलाई लिएर सत्तारुढ दलभित्र विवाद चर्किएको छ ।
प्रतिक्रिया दिनुहोस्