नेपाल । अध्यादेश पारित गर्ने रणनीति बनाउन सरकारमा सहभागी दलहरूको बैठक शनिबार बस्दैछ । शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको निर्णयअनुसार आज बिहान ११ बजे सत्तापक्षीय सबै दलको बैठक बस्न लागेको हो।
बैठकमा सत्तारुढ दलका शीर्ष नेतासहित प्रमुख सचेतक सहभागी हुने छने । राष्ट्रिय सभामा बहुमत नपुग्दा ‘गलपासो’ बनेका अध्यादेश कसरी पारित गराउने भन्नेबारे बैठकले समाधान निकाल्नेछ।
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीलाई मनाउने प्रयास समेत असफल भएपछि एमालेले माओवादी र कांग्रेसले एकीकृत समाजवादीलाई फकाउने जिम्मा पाएका छन् ।
शुक्रबार बसेको कांग्रेस संस्थापन पक्षका नेताहरुको बैठकले समेत एकीकृत समाजवादीसँग सहयोग माग्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्