२८ फाल्गुन २०८१, बुधबार

परराष्ट्रमन्त्री डा. आरजु राणा ओमन प्रस्थान

कोलोराडोखबर संवाददाता , February 15th, 2025

नेपाल । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार ओमन प्रस्थान गरेकी छन् । शुक्रबारदेखि फेब्रुअरी २० सम्म ओमनको राधजानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई परराष्ट्र सचिव अमृतबहादुर राइ र परराष्ट्रका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । राणा ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा गएकी हुन्। सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको सम्मेलनमा परराष्ट्रमन्त्री राणाले नेपालका तर्फबाट सहभागिता जनाउने छिन् ।

परराष्ट्रमन्त्री राणाले सम्मेलनको वैश्विक ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्नेसम्बन्धी सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्