२८ फाल्गुन २०८१, बुधबार

ओलीले संसद विघटन गरेदेखि देशमा राजनीतिक अस्थिरता बढ्योः खनाल

कोलोराडोखबर संवाददाता , February 15th, 2025

नेपाल । नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालले केपी ओलीले संसद विघटन गरेदेखि देशमा राजनीतिक अस्थिरता भएको दाबी गर्नुभएको छ।

पार्टीनिकट पेशागत महासंघले आयोजना गरेको ुनेपाली विशेषताको समाजवाद र यसका आधारहरूु विषयक गोष्ठि कार्यक्रमलाई सम्बोधन गर्दै दुईवटा हात्तिजस्ता पार्टी सरकारमा रहेको टिप्पणी गर्नुभएको हो ।

उहाँले दुई ठूला पार्टीले सरकार लिने बेलामा मध्यरातमा व्यापारिको घरमा गएर बनेकाले कुनै पवित्र उद्देश्यले नबनेको दाबी गर्नुभयो । उहाँले सात बुँदे सहमति गरेको भनेपनि अहिलेसम्म सार्वजनिक गर्न नसकेको बताउनुभयो ।

उक्त गोष्ठीमा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेकपा ९माओवादी केन्द्र० का सचिव राम कार्की, प्राडा युवराज संग्रौला, लोककृष्ण भट्टराई वक्ता रहनु भएको छ भने शंरक सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्