अमेरिका । शुक्रबार १४ फ्रेब्रुअरी, प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । नेपालसहित विश्वभर यो दिवस फूल तथा उपहार साटासाट गरेर मनाइएको छ ।
यस दिनलाई विशेषगरी युवाहरुले उत्सवका रुपमा मनाउने गर्छन् । रेस्टुँरा तथा मलहरुमा भ्यालेन्टाइनलक्षित साजसज्जा गरिएका थिए भने फूल तथा उपहार किन्नेहरुको पनि बजारमा चहलपहल देखिएको थियो ।
रोमन सम्राट क्लाउडियसले विवाह गर्न निषेध गरेको विरोधमा युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गर्ने भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ का दिन यो दिवस मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्