२८ फाल्गुन २०८१, बुधबार

कविताः भोक

कोलोराडोखबर संवाददाता , February 15th, 2025

–लालगोपाल सुवेदी–
यो भोक भन्ने कुरो कस्तो ?
कसैका निम्ति मीठोजस्तो पनि
कसैका निम्ति तीतै तीतोजस्तो पनि
तर अन्तर्यमा हुन्छ बेग्लै ध्वनि

यो प्रकृतिले
खै कुन्नि कस्तो न्याय दिन्छ ?
एउटै रूखको छहारीमा
मलाई बचाउनुहोस् , मलाई बचाउनुहोस् भन्दै
बिरुवा उभिन्छ
बाख्रो उभिन्छ
भोकले मरें भन्दै
बाघ उभिन्छ !

यही जंगलमा हुरीबतास र आँधीले
छिमल्छ वटवृक्षका सारा पात
बज्रठिंगे हाँगो छिन्छ
मृगको स्वाद लिन थालेपछि
बाघलाई बाख्रो नमिठो हुन्छ
न्याय स्वयम् अन्यायमा परेका
उदाहरणहरू छन् बग्रेल्ती
प्रीतहरू त रोइरहेकै ,रोइरहेकै छन्
कठै यहाँ त हर्दम रीत रुन्छ ।

–बोस्टन, अमेरिका ।

प्रतिक्रिया दिनुहोस्