२८ फाल्गुन २०८१, बुधबार

वर्तमान सरकार काँग्रेसले चाहेर नभई परिस्थितिले निर्माण भएको होः गगन

कोलोराडोखबर संवाददाता , February 13th, 2025

नेपाल । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार चलाउने सम्बन्धमा पार्टीका आधारभूत मूल्य मान्यतामा कुनै सम्झौता नहुने बताएका छन्।

बुधवार बुटवलमा नेपाल मुस्लिम संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले पार्टीले विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य मान्यतामा सम्झौता नगर्ने बताए ।

उनले वर्तमान सरकार नेपाली काँग्रेसले चाहेर नभई परिस्थितिले निर्माण भएको बताए । उनले सरकार बनाउने कुरामा अरूसँग सहकार्य गर्ने विकल्प नरहेको उल्लेख गर्दै यही सरकारमा बसेर बाँकी समयको सदुपयोग गर्ने उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्