अमेरिका । नेपथ्यले अष्ट्रेलियामा श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ । वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा अष्ट्रेलियाली सहरहरुमा आफूलाई प्रस्तुत गर्नेछ ।
आगामी मार्च महिनाको ३ तारिख संघीय राजधानी क्यानबेराबाट सुरु हुने नेपथ्य यात्रा त्यसै महिनाको २९ तारिख सिड्नीमा पुगेर सम्पन्न हुनेछ । त्यसबीच ब्याण्डले पर्थ, ब्रिसबेन, होबार्ट, एडिलेड र मेलबर्नको मञ्चमा आफुलाई उभ्याउने छ ।
नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यको यो सातौँ अष्ट्रेलिया यात्रा श्रृंखला हो ।
अष्ट्रेलियाको यात्रामा यसपटक छ जना ब्याण्डका सदस्य र आठ जना प्राविधिक एवम् व्यवस्थापन गरेर १४ सदस्यीय समूह प्रस्थान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्