२८ फाल्गुन २०८१, बुधबार

स्कूल बस ब्रेक फेल भइ दुर्घटना हुँदा ३ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , February 13th, 2025

नेपाल । बुधबार साँझ नेपालको राजधानी काठमाडौं स्थित शंखरापुर नगरपालिका–५ कात्तिकेको साँखु–नगरकोट सडकखण्डमा बुधबार साँझ स्कूल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ४० घाइते भएको प्रहरीले जनाएको छ ।

चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए

वनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजेतिर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्