नेपाल । विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपालले आफ्नो झिनो स्थान सुधार गरेको छ । व्याप्त भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको नेपाल १०० मा ३४ अंक पाएर १०७औँ स्थानमा परेको हो ।
भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मङ्गलवार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)–२०२४ मा नेपाल यो वर्ष गत वर्षभन्दा एक स्थान तल झरेको छ ।
गत वर्ष नेपाल ३५ अंक पाएर १०८औँ स्थानमा थियो ।
विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ७२ अंकका कम भ्रष्टारचा हुने मुलुक छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ ।
ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ । डेनमार्क ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रूपमा रहेको छ । भने साउथ सुडान ८ अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।
दक्षिण एसियाली राष्ट्रमध्ये भुटानले ७२ अंक प्राप्त गर्दा भारतले ३८ अंक, मालदिभ्सले ३८ अंक, श्रीलंकाले ३२ अंक, पाकिस्तानले २७ अंक, बंगलादेशले २३ र अफगानिस्तानले १७ अंक प्राप्त गरेको छ । यस्तै चीनले ४३ अंक प्राप्त गरेको छ । सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्टाचार जनाउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्