११ आश्विन २०८१, शुक्रबार

‘ग्लोबल डायस्पोरा कनेक्ट’ कार्यक्रमः एनआरएनएको सञ्जाल १०० देशमा बिस्तार गरिने

कोलोराडोखबर संवाददाता , January 8th, 2024

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनवरी ७ तारिकका दिन ग्लोबल डायस्पोरा कनेक्ट २०२४ कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको संजाल रहेको युरोप, एशिया, अफ्रिका, अष्ट्रेलिया, मध्येपूर्व र अमेरिका क्षेत्रमा एकै दिन छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेको हो ।

‘ग्लोवल डायस्पोरा कनेक्ट २०२४’ को नाम दिइएको सो कार्यक्रममा संस्थाका संस्थापकदेखि वर्तमान पदाधिकारीहरुले शुभकामना सन्देश दिएका थिए ।

युवा तथा महिलाहरुको सकृयता रहेको सो कार्यक्रममा गैरआवासीय नेपालीहरुको विषेश सांगीतिक प्रस्तुति समेत रहेको थियो ।

नेपाल र नेपाली भाषको प्रवर्द्धन तथा संस्कृति आदान प्रदान गर्ने उद्देश्यले एनआरएनले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गर्यो भने अन्य क्षेत्रमा जुम मार्फत कार्यक्रम आयोजना सञ्चालन गरिएको प्रवक्ता फणिन्द्र पन्तले बताए ।

यसैक्रममा एनआरएनएका अध्यक्ष डा. बद्री केसीले संघको संजाल १०० देशमा विस्तार गरिने बताए । कार्यक्रममा अध्यक्ष केसीले संघको सञ्जाल ८७ देशमा पुगिसकेको र त्यसलाई विस्तार गरि सय देशमा पुर्याउने लक्ष्य रहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्