अमेरिका । भारतीय जनता पार्टी (भाजपा) ले शनिवार दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गरेको छ । यो जीतसँगै भाजपा आम आदमी पार्टीलाई सत्ताच्युत गरेर २७ वर्षपछि सत्तामा फर्किएको छ।
भाजपाले दिल्लीमा ७० सिटमध्ये ४८ सिट जितेको छ । आम आदमी पार्टी २२ सिटमा सीमित भएको छ ।
संघीय राजधानी दिल्लीमा आफ्नो पुनरुत्थानको आशामा रहेको काङ्ग्रेसले फेरि कुनै पनि सिट जित्न सकेन ।
प्रतिक्रिया दिनुहोस्