२८ फाल्गुन २०८१, बुधबार

डेनभर आर्ट म्युजियममा फेब्रुअरी १५ मा जगदीश समालको ‘बुलबुल एकल साँगीतिक साँझ’ हुने

कोलोराडोखबर संवाददाता , February 8th, 2025

कोलोराडो । अमेरिकाको कोलोराडामा फेब्रुअरी १५ शनिबारका दिन लोकप्रिय गायक जगदीश समालको ‘बुलबुल एकल साँगीतिक साँझ’ हुने भएकोछ ।

ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोको आयोजना र नेपाली जात्राको साथ सहयोगमा Denver Art Museum 100 W 14 th Ave Pkway Denver Colorado मा उक्त कार्यक्रम हुन लागेको हो ।

उक्त कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न आफूहरु सक्रिय रहेको नेपाली जात्राकी सुनन्दा डंगोलले जानकारी दिनु भयो । कोलोराडोस्थित डेनभर आर्ट म्युजियममा ठूलाठूला कलाकारहरुले आफ्नो प्रस्तुति दिने गर्छन्, यो ठाउँमा कार्यक्रम गर्न पाउनु भनेको नेपाली कलाप्रतिको सम्मान भएको उहाँको भनाई छ ।

यो कार्यक्रम साउन्ड, भेन्यू र कलाकारहरु उच्च स्तरका छन् । व्यवस्थापनमा विगतमा हुने गरेका कमिकमजोरीबाट पाठ सिक्दै यस कार्यक्रममा कुनै पनि किसिमको कमिकमजोरी हुन नदिने हिसावले तयारीमा जुटेको उहाँको भनाई छ ।

नेपाली कलाको सम्मानका लागि आयोजित कार्यक्रममा आयोजकहरुले कोलोराडोवासी सबैलाई निमन्त्रणा गरेको छ ।

कार्यक्रममा प्रवेशको लागी प्रति ब्यक्ति (५०डलार) विधार्थीको लागि (२० डलार) शुल्क तोकिएको छ । साँझ ५ बजे मुख्य ढोका खोलिने र ६ बजे पछी साँगीतिक कार्यक्रम सुरु हुनेछ ।

गायक समालका म त मर्छु क्यारे, आ ओ यादहरु, तिमी म संग भईदिए, किन आउँछ तिम्रो याद, आधा उमेर निन्द्रैमा बित्यो, काँडा हो माया जस्ता चर्चित गीतहरु सुन्न र मनोरञ्जन लिन पाइने छ । साँगीतिक साँझमा बाध्यबादनतर्फ बासुरीमा सर्बजित राई,तबलामा मदन रसाईली, किबोर्डमा गणेश गजमेर र गायिका सम्झना पाण्डेको पनि प्रस्तुति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्