२८ फाल्गुन २०८१, बुधबार

लघुकथाः चिनियो !

कोलोराडोखबर संवाददाता , February 8th, 2025

–धनराज गिरी–
…हजुरजस्तो दानी मान्छे त कहाँ पाउने ? अनुहार अति उज्यालो बनाएर पहिलोले उसको तारीफ गर्यो । ऊ मौन ।

दोस्रो बोल्यो, यो देशमा हजुरजस्तो असल मान्छे पाउन असंभव छ, हजुर त हजुर हो… ९ जनाले तारीफ गरे । ऊ मौन । मुस्कान पनि महङ्गो… केही नबोली बिदा भयो।

आधा घन्टापछि, मोबाइल छोडेर गएछु… ऊ आयो ।मोबाइल छोडेर गएकै हो । लिएर गयो । हैट, यसको त भर छैन । कतै जानी जानी छोडेर गएको त होइन नि…? पहिलोले शङ्का गर्यो । जे पनि हुनसक्छ… दोस्रो बल्यो । हामी पनि हामी, प्रत्यक्षमा देवत्वकरण, मान्छे नभए राक्षसीकरण… तेस्रोको अनुमान ।

ऊ, घर आयो । रेकर्ड सुन्यो । ू चिनियो । यत्ति भन्यो । त्यसपछि ऊ कहिल्यै पनि सार्वजनिक समारोहमा देखिएन ।

-चितवन, नेपाल ।

प्रतिक्रिया दिनुहोस्