१२ पुष २०८१, शुक्रबार

त्रिवि उपकुलपतिको दरखास्त आह्वान रद्द, पुनः अर्को सूचना प्रकाशित हुने

कोलोराडोखबर संवाददाता , January 7th, 2024

नेपाल । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको गत शुक्रबार आह्वान गरिएको दरखास्त रद्द भएको छ ।

आवेदकको योग्यता ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नु उल्लेख भएकोमा त्यसको ब्यापक बिरोध भएपछि आइतबार उक्त दरखास्त आवेदन रद्दको सूचना प्रकाशित गरिएको हो ।

जनस्तरबाट चर्को आलोचना भएपछि गत शुक्रबार प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्याउन निर्देशन दिएका थिए ।

योग्यता सच्याएर अर्को सूचना प्रकाशित गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्