नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
तीन दिन (जनवरी ३१, फेब्रुअरी २ र ३) सम्म चलेको यो छलफल विभिन्न महादेशहरूको समयअनुसार छुट्टाछुट्टै गरी सञ्चालन गरिएको थियो ।
यस कार्यक्रममा अध्यक्ष डा. वद्री केसीले सम्बोधन गर्नुभयो भने महासचिव गौरीराज जोशी, उपमहासचिव सोम सापकोटा र सचिव टीका गुरुङ (राधिका)ले सञ्चालन गर्नुभएको थियो ।
यस्ता छन् सुझाव
१। सर्वोच्च अदालतको दुवै फैसलाको अध्ययन र अन्तर्य मनन गर्दै बृहत एकताको लागि पहल गर्नुपर्ने ।
२। गैरआवासीय नेपाली नागरिकतका पूर्ण कार्यान्वयनको लागि संविधानमा परिकल्पित व्यवस्थाको पालना गर्न र सरकारलाई निरन्तर खबरदारी गराउनुपर्ने ।
३। ११ औं महाधिवेशनपछि असन्तुष्ट बनेको समूहलाई संवाद र समन्वयमार्फत बृहत् एकतामा ल्याउन हदैसम्मको प्रयास गर्नुपर्ने ।
४। आसन्न १० औँ एसिया प्रशान्त एवं १६ औँ यूरोप क्षेत्रीय सम्मेलन, दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन र विभिन्न क्षेत्रमा आयोजना गर्न लागिएका क्षेत्रीय बैठकहरुमा सहकार्य समन्वय गर्ने ।
५। संघको सदस्यता खुला भईसकेको अवस्थामा सदस्यता नविकरण प्रावधान पनि राख्नुपर्ने तथा एनसीसीको निर्वाचनमा केन्द्रित हुनुपर्ने वर्तमान अवस्थामा सबै पक्षलाई समेटेर मिलिजुली रूपमा अघि बढ्नुपर्ने ।
निष्कर्षः
गैरआवासीय नेपाली संघको अन्तरक्रिया कार्यक्रमले संघको अवस्था र आगामी योजनाहरूको बारेमा गम्भीर छलफल गरेको छ । सबै क्षेत्रका प्रतिनिधिहरूले एकता र सर्वोच्च अदालतका फैसलाहरूको सम्मान गर्दै संघको भविष्यका लागि सकारात्मक कदम उठाउनुपर्नेमा जोड दिएका छन् । साथै १२ औँ महाधिवेशन र विश्व सम्मेलन त्यसपूर्व एनसीसीको निर्वाचन लगायतमा केन्द्रित हुनुपर्नेमा छलफल कार्यक्रमले दिशानिर्देश गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्