नेपाल । नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजमा लगातार पाँचौँ हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भयो ।
यसअघि नै उपाधि दौडबाट बाहिरिएको नेपालले हरेक खेलमा राम्रो प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन । जितसँगै नेदरल्यान्ड्स उपाधि होडमा उभिएको छ ।
जितका लागि एक सय ४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.४ ओभरमा बिनाविकेटको क्षतिमा एक सय ५१ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो ।
नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित सिरिजमा सबै टोलीले एक आपसमा तीन खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अहिले चार खेल जितेर आठ अङ्क बनाएको थाइल्यान्ड शीर्षस्थानमा छ । ६ अङ्क बनाएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्