२३ माघ २०८१, बुधबार

बेलायतका अधिराजकुमार नेपाल भ्रमणका क्रममा राजधानी काठमाडौंमा

कोलोराडोखबर संवाददाता , February 5th, 2025

अमेरिका । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उनकी श्रीमती डचेस सोफी नेपाल भ्रमणका क्रममा राजधानी काठमाडौं पुगेका छन् ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै आगमनका क्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारीहरूले स्वागत गरेको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनीहरू काठमाडौंस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्