२३ माघ २०८१, बुधबार

सरकारले गैरआवासीय नेपालीहरुको लागि छुट्टै संयन्त्र बनाउने, एनआरएनकै पक्षमा ऐन आउने आश्वासन

कोलोराडोखबर संवाददाता , February 5th, 2025

अमेरिका । परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपालीहरुको लागि छुट्टै सम्यन्त्र बनाउने गरी प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलसंग आइतवार सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा छलफल गर्दै विश्वभरका गैरआवासीय नेपालीलाई हेर्ने गरी विशेष संयन्त्र नै बनाउने काम भइरहेको उल्लेख गर्नुभएको हो ।

गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा हाल आएको अध्यादेश अस्थाथी प्रबन्ध मात्रै भएको र आगामी हिउँदे अधिवेशनमार्फत उक्त अध्यादेश प्रतिस्थापन गर्दै संविधानमा प्रावधान भएअनुरुप नै गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्नेमा सबै दलका नेताहरु सकारात्मक रहेको उहाँको भनाई थियो ।

उक्त अवसरमा संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली ऐनलाई परिमार्जन र आवश्यकता अनुसार परिवर्तन गर्न अनुरोध गर्नुभएको थियो । जवाफमा मन्त्री राणाले गैरआवासीय नेपाली ऐन परिवर्तन गर्नका लागि संसदमा लैजाने तयारी भइरहेकोले गैरआवासीय नेपालीकै पक्षमा छिट्टै ऐन आउने आश्वासन दिनुभयो ।

उक्त अवसरमा संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सीना र एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई, नागरिकता निरन्तरताका फोकलपर्सन सरोज दाहाल लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्