२ माघ २०८१, बुधबार

राष्ट्रिय सभाका लागि सत्ता गठबन्धनबीच भागबण्डा, एमालेले एक्लै उम्मेदवारी दिने

कोलोराडोखबर संवाददाता , January 7th, 2024

नेपाल । राष्ट्रिय सभाको १९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले १ सिट लिने करिब करिब सहमति भएको छ ।

राष्ट्रिय सभाको रिक्त सभासदका लागि मतदान ११ माघमा हुँदैछ । त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि सिट छुट्याउने चर्चा परिचर्चाबीच सत्ता गठनबन्धन दलहरुबीच सहमति हुन नसकेपछि एमालेले सबै पदमा एक्लै उम्मेदवारी दिने तयारी गरेको छ ।

सिट बाँडफाँटबारे छलफल गर्न शनिबार मध्यरातसम्म सत्ता गठबन्धन दलका नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्