३० फाल्गुन २०८१, शुक्रबार

अमेरिकाको पेन्सेलभेनियामा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , February 3rd, 2025

अमेरिका । अमेरिकामा फेरि अर्को एक विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । केही दिनअघि ६७ जनाको ज्यान जानेगरी दुई विमान ठोक्किएर दुर्घटना भएको थियो ।

पछिल्लो दुर्घटना पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा भएको हो । एक सानो विमान दुर्घटना हुँदा सात जनाको मृत्यु र १९ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

विमानमा सवार ६ जना र भुइँमा रहेका एक जनाको मृत्यु भएको हो ।

बिरामी बोकेको विमानमा दुई पाइलट, एक डाक्टर, स्वास्थ्यकर्मी, बिरामी र ती बिरामीकी आमा थिए । उनीहरु सबै मेक्सिकन नागरिक थिए ।

प्रतिक्रिया दिनुहोस्