३० फाल्गुन २०८१, शुक्रबार

नेपाली शेयर बजार ७० अंकले बढेर २७२७.५८ अंकमा

कोलोराडोखबर संवाददाता , February 3rd, 2025

नेपाल । आइतबार नेपाली शेयर बजार उच्च अंकले बढेको छ । नेप्से ६९ दशमलव ८० अंकले बढेर २ हजार ७२७ दशमलव ५८ अंकमा पुगेको छ ।

विभिन्न ३३० कम्पनीका दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर एक लाख ३० हजार ९१३ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ ९९ पैसाको कारोबार भयो ।

आइतबारको कारोबारपछि बजार पुँजीकरण ४५ खर्ब २५ अर्ब ४७ करोड ४४ लाख ४४ हजार ४३१ रुपैयाँ पुगेको छ । आइतबारको कारोबारमा सबै उपसमूह बढेका थिए ।

प्रतिक्रिया दिनुहोस्