३० फाल्गुन २०८१, शुक्रबार

६ महिनामा नेपालमा भित्रियो सात खर्ब ६३ अर्ब रेमिट्यान्स

कोलोराडोखबर संवाददाता , February 2nd, 2025

नेपाल । चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा सात खर्ब ६३ अर्ब आठ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आय ४.१ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ३० हाजार ४३९ छ । एक पटक वा पटक–पटक वैदेशिक रोजगारीमा गएर फर्किएका एक लाख ६२ हजार ६२८ ले पुनः श्रम स्वीकृति लिएका छन् ।

गत वर्षको सोही अवधिमा संस्थागत तथा व्यक्तिगत–नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ६ हजार ३९० र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३३ हजार ९४० थियो ।

प्रतिक्रिया दिनुहोस्