११ आश्विन २०८१, शुक्रबार

गाजा क्षेत्र अझै तनावग्रस्त, २२ हजार बढीको मृत्यु

कोलोराडोखबर संवाददाता , January 6th, 2024

एजेन्सी । गाजा क्षेत्र लामो समयदेखि तनावग्रस्त छ । इजरायल–हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ, जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन् ।

गत अक्टोबर ७ गते यता इजरायलले हमासको अप्रत्यासित आक्रमणको जवाफमा गाजाविरुद्ध आफ्नो सैन्य कारबाही शुरु गरेदेखि २२ हजार ६०० जनाको मृत्यु भएको छ भने, ५७ हजार ९१० जना घइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्