२० माघ २०८१, आईतवार

राजनीतिक दलका नेताहरूलाई देशको स्थितिबारे गम्भीर छलफल गर्न पूर्वराष्ट्रपतिको सुझाव

कोलोराडोखबर संवाददाता , February 2nd, 2025

नेपाल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको पुस्ता छिटो उपलब्धि खोज्ने खालेको भएको र सोही सोच समस्या बन्न लागेको बताउनुभएको छ।

धरानमा नेकपा एमालेका नेताहरूसँग शुक्रबार भएको भेटघाटमा पूर्वराष्ट्रपति भण्डारीले अहिलेको पुस्ता छिटो उपलब्धि खोज्ने र कुर्न सक्ने क्षमता कम भएको बताउनुभयो । यस विषयमा देशका अग्रज र सचेत नागरिक वर्गले समयमै सोच्नु पर्नेमा पनि भण्डारीले जोड दिनुभयो ।

राजनीतिक दलका जिम्मेवार नेताहरूलाई देशको स्थितिको बारेमा राम्रै छलफल गर्न उहाँले अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्