नेपाल । मकवानपुरको हेटौँडामा शनिबार सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पुरुषतर्फ रुपेश जैसवाल र महिलातर्फ सिन्दिरा जोशी च्याम्पियन बनेका छन् ।
नेपाल बुद्धिचाल महासंघले ११ चरणको राउण्ड रोविन आधारमा प्रतियोगिता आयोजना गरेको हो ।
एक सातासम्म चलेको बुद्धिचाल प्रतियोगितामा रौतहटका रुपेश जैसवाल ९ अंक जोडेर २५ औं राष्ट्रिय चेस च्याम्पियन बन्नुभएको हो । उहाँको यो दोस्रो राष्ट्रिय उपाधि हो ।
युवा पुरुषोत्तम सिलवालले टाइब्रेकरका आधारमा दोश्रो बन्दै प्रतिस्पर्धा अन्त्य गर्नुभएको छ ।
नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भएको १० औं महिला राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशीले ९ अंक बनाउनुभयो । उहाँले उत्कृष्ट खेल खेल्नुहुँदै उपाधि जोगाउन सफल हुनुभयो । लामो समय चेस खेलमा व्यतित गर्नुभएकी पुनम प्रसाईंले ८ अंक जोडेर दोश्रो स्थान हासिल गर्नुभयो ।
शनिबार नै महासंघका अध्यक्ष हेराकाजी महर्जनको सभाध्यक्षतामा सम्पन्न तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो ।
प्रतिक्रिया दिनुहोस्