२० माघ २०८१, आईतवार

आइतबार वेस्टमिनिष्टरकी मेयरको प्रमुख आतिथ्यमा कोलोराडोखबरको वार्षिकोत्सव कार्यक्रम हुँदै

कोलोराडोखबर संवाददाता , February 1st, 2025

कोलोराडो । अमेरिकाको कोलोराडोबाट सञ्चालित कोलोराडो खबर डटकमको पहिलो वार्षिकोत्सव कार्यक्रम यही फेब्रुअरी २, आइतबारका दिन हुने भएको छ ।

कार्यक्रम MAYOR OF WESTMINSTER Nancy McNally को प्रमुख आतिथ्यमा सम्पन्न हुने तय भएको कोलोराडो खबर कम्पनीका संस्थापक तथा अध्यक्ष बाशुदेव खनालले जानकारी दिनु भयो । कार्यक्रममा सहभागी हुन कोलोराडोबाहिरका आमन्त्रित अतिथिहरु आउने क्रम जारी रहेको छ ।

सन् २०२३ को नोभेम्बर १० तारिकबाट उक्त अनलाइन शुरुवात भएको हो । नोभेम्बरबाट शुरु भए पनि फेब्रुअरी २ लाई वार्षिकोत्सवको मिति तय गरेर वार्षिकोत्सव मनाउन लागिएको हो ।

विशेष गरी नेपाल र विदेशमा रहेका नेपालीहरुलाई जोड्ने उद्देश्यले अनलाइन मिडिया सञ्चालन गरिएको हो । नेपालीहरुको धर्मसंस्कृति, भाषा साहित्य, रितिरिवाज, चाडपर्वलाई संरक्षण र सम्बर्द्धन गर्दै विशेष गरी नेपाली भाषीहरुलाई ताजा समाचार पस्कने कोलोराडो खबरको उद्देश्य छ ।

कोलोराडो खबरलाई आगामी दिनमा अझै कसरी प्रभावकारी बनाउने भन्ने बारेमा वार्षिकोत्सव कार्यक्रममा छलफल हुनेछ ।

वार्षिकोत्सव कार्यक्रममा सहभागिताका लागि प्रमुख अतिथि, विशेष अतिथि, अतिथि र कोलोराडो स्थिति संघसंस्था पदाधिकारीहरुलाई निमन्त्रणा पठाइएको संस्थापक खनालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्