–धनराज गिरी–
भए खप्पिस सुकर्ममा हाम्रा मेचीकाली !
सबैभन्दा सजिलो काम,सरकारलाई गाली !
सजिलो छ दोकान कुरी गुड्डी हाँक्न सधैं !
क्याम्पस स्कूल धेरैलाई भयो ससुराली !
आरोपप्रत्यारोप खेती मौलाएको अति !
राम्रो मको बज्ने ढोल गाउने सालासाली !
सबै खोज्ने आफ्नो तारीफ विना काम पनि !
छैन केही उद्योगधन्धा भयो वस्ती खाली !
मिलेजस्तो गर्ने मात्र,मिल्ने कोही होइन !
हात लागे केही नगद बजाउने ताली !!
–चितवन, नेपाल ।
प्रतिक्रिया दिनुहोस्