११ आश्विन २०८१, शुक्रबार

एनआरएनएले छ वटै क्षेत्रमा ‘ग्लोबल डायस्पोरा कनेक्ट’ कार्यक्रम गर्दै

कोलोराडोखबर संवाददाता , January 6th, 2024

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनवरी ७ तारिकका दिन ग्लोबल डायस्पोरा कनेक्ट २०२४ कार्यक्रम आयोजना गर्ने भएको छ ।

एनआरएनएका प्रवक्ता फणिन्द्र पन्तका अनुसार संस्थाको संजाल रहेको युरोप, एशिया, अफ्रिका, अष्ट्रेलिया, मध्येपूर्व र अमेरिका क्षेत्रमा एकै दिन छुट्टा छुट्टै कार्यक्रमको आयोजना गर्न लागेको हो ।

‘ग्लोवल डायस्पोरा कनेक्ट २०२४’ को नाम दिइएको सो कार्यक्रममा संस्थाका संस्थापकदेखि वर्तमान पदाधिकारीहरुले शुभकामना सन्देश दिने भएका छन् ।

युवा तथा महिलाहरुको सकृयता रहने सो कार्यक्रममा गैरआवासीय नेपालीहरुको विषेश सांगीतिक प्रस्तुति समेत रहने छ ।

नेपाल र नेपाली भाषको प्रवर्द्धन तथा संस्कृति आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रवक्ता पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्