नेपाल । समाजवादी मोर्चाले चैत २४ गते काठमाडौँमा बृहत् आमसभा गर्ने निर्णय गरेको छ ।
नेकपा (एस) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले काठमाडौँमा बृहत् आमसभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताउनु भएको छ ।
बैठकपछि प्रवक्ता प्रकाण्ड सीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा मोर्चाले सातै प्रदेशमा विचार सभाको आयोजना गर्ने जानकारी दिनुभयो । बैठकले देशका सात वटै प्रदेशमा विचार सभा गर्ने, बाँकी रहेका जिल्लाहरुमा पनि मोर्चा गठन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
चैत पहिलो साता मधेश प्रदेशमा हुने सभाको तयारी नेसपालाई गर्न दिने निर्णय भएको पनि नेता विश्वकर्माले बताउनुभयो । उहाँले समाजवादी मोर्चाले प्रकाशन गर्ने भनिएको वुलेटिन आउँदो फागुनभित्र प्रकाशित गर्नेसमेत जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस्