नेपाल । नेपाल पत्रकार महासंघले संघीय संसदमा दर्ता भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकमा आपत्ति जनाएको छ ।
महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विधेयकका केही प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधान सच्याएरमात्रै विधेयक अघि बढाउन सरकार र संघीय संसदलाई आग्रह गरेको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानून स्वीकार्य नहुनेतर्फ पनि महासंघले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्